राजेश हमाल महानायक हो -: विराज भट्ट

समाचार

साउन ४ , काठमाडौँ : एक अन्तर्वार्ताका क्रममा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै टिप्पणी गरेपछि उनको व्यापक विरोध भएको थियो । पछि उनले माफी माग्दै हमाललाई महानायक भनेकी थिइन् ।

यतिबेला अर्का अभिनेता विराज भट्टले केही समयअघि दिएको अन्तर्वार्तालाई लिएर हमालका फ्यानले विराजको प्रशंसा गरेका छन् । उनले अन्तर्वार्ताका क्रममा राजेश हमाललाई ‘महानायक’ भएको बताएका थिए । हमालका फ्यानले विराजको तारिफ गरेका हुन् ।

‘राजेश (हमाल) दाइले एक युग नै खानुभयो, उहाँ चलेन भनेर भन्न मिल्दैन,’ विराज भन्छन्, ‘उहाँले ३ दशक फिल्म क्षेत्रमा एकछत्र राज गर्नुभयो, उहाँलाई चलेन भन्नेले त्यति समय आफू चलेर देखाओस् न ।’

‘त्यसरी कुन चाहिँ हिरो चलेको छ र ? उहाँ एकदम सफल व्यक्तित्व हो, उहाँ महानायक हो,’ विराज भन्छन् । हमालले अहिले पनि फिल्म खेल्छु भन्ने हो भने उनलाई फिल्मको प्रस्ताव आउने पनि उनी बताउँछन् ।

‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनय थालेका हमालले ३ दशकसम्म फिल्म क्षेत्रमा निरन्तर काम गरे । उनको भएपछि जस्तोसुकै फिल्म पनि सुपरहिट हुन्थ्यो ।‘उहाँजति अरु कोही चलोस् न अनि उहाँलाई असफल भनौंला, महानायक त्यत्तिकै बनाएको त होइन नि, विराज भन्छन् ।

कतिपय निर्माता निर्देशकले त हमाललाई फिल्ममा खेलाउनकै लागि फिल्म निर्माण गर्ने गर्थे । पछिल्लो समय भने हमाल फिल्ममा खासै सक्रिय छैनन् ।
उनले अफर आएका फिल्ममा पनि काम गर्न चासो देखाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *