सैनिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

समाचार

काठमाडौं । क्यारेबियनको आरुबाबाट उडेको एक सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आरुबाबाट उडेको सैनिक हेलिकप्टर समुन्द्रमा खस्दा दुई जनाको मृत्यु भएको नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो ।

डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिनुभयो । हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *