सैनिक हेलिकप्टर समुद्रमा खस्दा दुईको मृत्यु।

अन्तर्राष्ट्रिय

नेदरल्याण्ड्स : नेदरल्याण्ड्सको सैन्य हेलिकप्टर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको बताइएको छ ।

यहाँको रक्षा मन्त्रालयले आइतबार अपराह्न यस्तो दुर्घटना भएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस दुर्घटनालाई रहस्यमयी घटनाको रुपमा लिइएको छ ।

दुर्घटनाको कारण अझै खुलेको छैन । यद्यपि सरकारले घटनाको छानविन गर्ने जनाएको छ ।

क्यारेबियनको आरुबाबाट कुराकाओका लागि उडेको हेलिकप्टर उड्नासाथ दुर्घटनाग्रस्त भएको हो ।

हेलिकप्टरमा भएका चारमध्ये दुईजना सकुशल रहेको बताइएको छ ।

आरुबालाई नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीपको रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *