खुशीको खबर : लकडाउन हटे लगत्तै बिहारको जयनगरदेखि जनकपुरसम्म रेल सरर

समाचार

लकडाउनका कारण रोकिएको जयनगर रेल सेवा कोरोना नि’यन्त्र’ण पछि छिट्टै सञ्चालन हुने भएको छ । सरकारले असार मसान्तभित्रै रेल सेवा सञ्चालन गर्ने तयारी गरेको भएपनि कोरोना फैलन लागू गरेको लकडाउनका कारण पुरा भएको छैन । नेपाल रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनको लाग लिक र भौतिक पूर्वाधार तयारी अवस्थामा रहेको बताएका छन् ।लकडाउन हटे पछि पहिलो चरणमा भारत बिहारको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेला सेवा तत्काल सञ्चालन गर्ने अवस्थामा रहेको उनले बताएका छन् । जनकपुरदेखि बर्दिबाससम्म रेल सञ्चालनको निम्ति रेल विभागले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग रेल किन्ने सम्झौता गरेको हो । त्यसका लागि दुई सेट रेलसमेत निर्माण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *