७ उडानमार्फत १२ सय जना नेपाली आज स्वदेश फर्कदै

समाचार

आज १२ सय जना नेपाली स्वदेश फर्किंन लागेका छन् । विभिन्न ७ उडानमार्फत साउदी, कतार र मलेसियाबाट १२ सय जना नेपाली स्वदेश फर्कन लागेको बताइएको छ । आज साउदीबाट ३, मलेसियाबाट ३ र कतारबाट १ उडान हुनेछन् ।मलेसियाबाट २ वटा म्यालिण्डो र एउटा नेपाल एयरलाइन्समार्फत ५०६ जना नेपाली आउँदैछन ।

साउदीको दमाम र रियादबाट हिमालयन एयरलाइन्सका २ वटा उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किनेछन् ।साउदीकै रियादबाट नेपाल एयरलाइन्सको जहाजले २६० जना नेपाली लिएर आउँदैछन् । यस्तै, कतारबाट हिमालय एयरलाइन्समार्फत १५२ जना स्वदेश फर्किन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *