सांसद पद गु’मेपछि सरिता गिरि भारत तिर लागिन्

समाचार

काठमाडौं, ६ साउन । पूर्व सांसद सरिता गिरी भारत प्रस्थान् गरेकी छिन् । नेपालगञ्ज नाका हुँदै उनी भारत प्रस्थान गरेकी हुन् । गिरी नयाँ दिल्ली प्रस्थान् गरेकी हुन् । त्यहाँ रहँदा उनले भारतीय नेताहरूसँग भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि उनी सिराहा हुँदै भारत जान लाग्दा उनलाई रो’किएको थियो ।

गिरी समाजवादी पार्टी, नेपालकी सांसद थिईन् । समाजवादी पार्टीले दलको ह्वि’प उल्लं’घन गरेको आरो’पमा गिरीलाई नि’ष्का’शन गरिएको जानकारी आयोगलाई दिएको थियो। संसद सचिवावलयले गिरीलाई पदबाट हटा’इएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो । नेपालको नयाँ नक्साको गिरीले विरो’ध गरेकी थिइन्।

उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्वि’प उल्लं’घन गरेकी थिइन्। त्यस्तै गिरीले विधेयकको विरो’धमा संशोधन समेत दर्ता गराएकी थिइन् ।

पछिल्लो समय सांसद पद जोगाउन हार गु’हार गरिरहेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद ग’एको थियो । संघीय संसद सचिवालयले उनलाई हटाई पद रिक्त भएको सूचना जारी गरेको थियो ।

जनता समाजवादी पार्टीले संसद सचिवालयलाई पदबाट हटाउन जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको थियो ।

सांसद गिरीलाई पार्टीबाट निष्का’सन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरेका थियो ।

संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्का’सित भएको संसद सचिवालयले जनाएको थियो ।

संघीय संसद सचिवालयले प्रतिनिधि सभामा एक पद रिक्त हुन आएको व्यहोरा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३६ को उपदफा ९२० र प्र।स। नियामावली, २०७५ को नियम २१२ को उपनियम ९३० बमोजिम निर्वाचन आयोगलाई जानकारी गराई सकिएको थियो ।

नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्वि’प नमानेको भन्दै समाजवादीले उनलाई निष्का’सन गर्ने निर्णय गरेको थियो ।

पार्टीले कारवाहीको निर्णय गरेपछि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी कानुनी उपचारको दौडमा थिइन् । उनले पार्टी निर्णय विरुद्ध सर्वोच्च अदालत जाने बताएकी थिइन् । जसपाले गिरीलाई साधारण सदस्य नरहने गरी कारवा’ही गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *