विदेशी ज्वाइँलाई पनि नागरिकता दिनुपर्छ’-डा. कोइराला

राजनिति

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्ट सरकारको रवैयाका कारण मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको आरोप लगाएका छन् । बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले पछिल्लो समय मुलुकलाई अँध्यारोमा धकेल्ने कार्य सरकारबाट भइरहेको बताएका हुन् ।

स्थानीय गुराँस पुस्तकालयद्वारा आयोजित कार्यक्रममा उनले पूर्व राजाहरुसँगको अथक लडाईंबाट स्थापना गरेको प्रजातन्त्र वर्तमान सरकारको कारण धरापमा पर्दै गएको बताए । उनले कार्यक्रममा नागरिताको सन्दर्भमा विदेशी ज्वाइँलाई समेत नागरिकता दिनुपर्ने बताए ।

नेता कोइरालाले विदेशबाट विवाह गरेर ल्याएको बुहारीलाई नागरिकता दिने मिल्ने र छोरीले विवाह गरेको ज्वाइँलाई चाहिँ दिन नहुने भन्ने सोच विभेदकारी भएको उल्लेख गरे । कोइरालाले नागरिकताका विषयमा सबै दलले एउटै धारणा बनाएर अघि बढे मात्र राष्ट्रियता बलियो हुने तर्क गरेका थिए।
यो खबर अनलाइन मिडिया न्यूज १८ नेपाल मा प्रकशीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *