तनहुँको घाँसीकुवामा सडक भासियो

समाचार

तनहुँ, ६ साउन । अबिरल परेको वर्षाको कारण पोखरा–खैरेनी सडक अन्तरगत तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सडक भासिएसँगै कुनै पनि सवारी सधान चलेको छैन ।

मंगलबार बिहान ८ बजेतिर सडकको पक्की भाग पुरै भासिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले जानकारी दिएका छन् ।

हाल उक्त स्थानमा अर्को नयाँ ट्रयाक खोलेर बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *