मोरङमा ३ बर्षीय बालकको डुबेर मृत्यु

समाचार

मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका-११ का संजय दनुवारको ३ बर्षीया छोरा संजिव दनुवारको पैनिमा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो सवा २ बजे आफ्नै घर अगाढी रहेको पैनीमा बालकका आफन्तले बालकलाई डुबिरहेको देखि पछि तत्काल उद्धार गरी उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर पठाएकोमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

त्यस्तै ईलामको माई खोलामा आएको बाढीमा माईजोगमाई गाउँपालिका-५ का ६६ बर्षीय लोक बहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको छ । सोमवार राती साँढे ७ बजेको समयमा माई खोला नजिक रहेको आफ्नो गोठबाट घर तर्फ फर्कने क्रममा बाटोलाई खोलाले कटान गरी खोलाको बिचमा फसेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलाम, ईलाका प्रहरी कार्यालय नयाँ बजार र अस्थायी प्रहरी पोष्ट बिप्लाटेबाट खटिएको प्रहरी टोलीले डोरीको सहायताले राती १० बजे सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *