सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ, तोलाकै ९४ हजार !

समाचार

नेपालमा सुनको मुल्यले नयाँ कीर्तिमान कायम गरेको छ । तोलाकै ९४ हजार पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर बुधबार ९४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ।

चाँदी बुधबार प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *