मोटरसाइकलको ठक्करबाट ठेला चालक ईश्वरलालको मृत्यु, दुबैको अबस्था गम्भीर

समाचार

सुनसरी-ईटहरी उपमहानगरपालिका-२ संविधान चोकमा को।९ प २४२ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठेलालाई ठक्कर दिँदा ठेला चालक सोही उपमहानगरपालिका-९ बस्ने ६५ वर्षीय ईश्वरलाल सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सप्तरी बोदेबर्साइन बस्ने १८ वर्षीय मुकेश शाह र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सुनिल शाहलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *