पाकिस्तान र बंगलादेशबीच अचानक भयो वार्ता : नेपालसँग विवाद गर्ने भारतलाई ठूलो झट्का

अन्तर्राष्ट्रिय

एजेन्सी । भारत आफ्ना सबै छिमेकीसँग विवादमा छ । नेपाल,चीनलगायतका देशसँग पछिल्लो समय विवाद बढाउँदै गएको भारतलाई पाकिस्तान र बंगलादेशीबीचको अचानक भएको वार्ताले झस्काएको छ ।

पाकिस्तान र बंगलादेशबीच सम्बन्ध सुधार हुन थालेपछि भारतलाई ठूलो झड्का लागेको छ । बुधबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् । पाकिस्तान र बंगलादेशबीचको वार्तालाई भारतले आफ्नो चिन्ताको रुपमा लिने गरेको छ । यी दुई देशबीचको वार्तालाई असामान्यरुपमा लिने गरिन्छ ।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर दुई देशबीचको भाइचारा सम्बन्ध बलियो बनाउने विषयमा छलफल भएको जनाएको छ । दुवै देशले एकअर्का देशलाई सम्मान गर्दै सम्बन्धलाई बलियो बनाउने जनाएका छन् । फोन वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले बंगलादेशी प्रधानमन्त्री हसिनालाई आफ्नो देशको भ्रमणका लागि निम्ता पनि दिएका छन् ।

फोन वार्ताका क्रममा कोरोना महामारीले बंगलादेशमा भएको मृत्यु र बाढीले पुर्याएको क्षतिमा पाकिस्तानले सहयोग गर्ने प्रस्ताव गरेको छ । पाकिस्तानले बंगलादेशले कोरोना नियन्त्रणमा गरेको प्रयासको प्रसंशा पनि गरेको छ । यी दुई देशले भविष्यमा राजनीतिक नेतृत्वस्तरमा र जनस्तरमा भ्रमणको आदानप्रदानमा पनि चर्चा गरेका छन् ।

फोन वार्ताका क्रममा कास्मिरका विषयमा पनि छलफल भएको छ । शान्ति र स्थीरताका लागि बंगलादेशले पाकिस्तानलाई सघाउने जनाएको छ । पूर्वी पाकिस्तान विभाजन भएर बंगलादेश बनेपछि दुई देशबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएको थियो । यसको फाइदा भारतले लिँदै आएको छ ।

अहिले भने पाकिस्तान र बंगलादेशबीच सम्बन्धमा सुधार आउन थालेपछि भारतको टाउको दुखाइ बन्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *