कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई ठेलामा राखेर एक्लै मसानघाट पुर्याइन यि महिलाले, देख्नेहरु सबै रोए

अन्तर्राष्ट्रिय

एजेन्सी-भारतको कर्नाटकमा एक महिलाले आफ्ना श्रीमानको शबलाई ठेलामा राखेर एक्लै मसानघाट सम्म पुर्याएकी छन् । कोरोना भाइरसको डरले कसैले पनि सहयोग नगरेपछि कर्नाटकको बेलगाम जिल्लाकी ति महिलाले श्रीमानको शवलाई ठेलामा राखेर मसानघाट पुर्याएकी हुन् । आफ्ना दुई छोरालाई साथमा लिएर ती महिला लोग्नेको शवलाई ठेलामा बोकेर अन्तिम संस्कारको लागि गएको भारतिय मिडियाले जनाएका छन् ।। एम्बुलेन्समा लैजानको लागि पैसा नभएपछि दुई छोराको साहाराले त्यसरी ठेलामा राखेर लगेको बताइएको छ । ५५ वर्षीय श्रीमान् सदाशिव हिरत्तीको मुटु सम्बन्धी बिमारीका कारण घरमै ज्यान गएको थियो । ती महिलाले सहयोग माग्दा कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई कपडामा बेरेर अन्तिम संस्कारको लागि आफै गएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *