दुखद खबर : एकै पोखरीमा डु’बेर तीन बालकको मृत्यु

समाज


झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डु’बेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शो’कमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डु’बेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बे’पत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको श’व निकालिएको प्रवक्ता थापाले बताउनुभयो

यो अर्को समाचार
कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई ठेलामा राखेर एक्लै मसानघाट पुर्याइन यि महिलाले, देख्नेहरु सबै रोए

एजेन्सी-भारतको कर्नाटकमा एक महिलाले आफ्ना श्रीमानको शबलाई ठेलामा राखेर एक्लै मसानघाट सम्म पुर्याएकी छन् । कोरोना भाइरसको डरले कसैले पनि सहयोग नगरेपछि कर्नाटकको बेलगाम जिल्लाकी ति महिलाले श्रीमानको शवलाई ठेलामा राखेर मसानघाट पुर्याएकी हुन् । आफ्ना दुई छोरालाई साथमा लिएर ती महिला लोग्नेको शवलाई ठेलामा बोकेर अन्तिम संस्कारको लागि गएको भारतिय मिडियाले जनाएका छन् ।। एम्बुलेन्समा लैजानको लागि पैसा नभएपछि दुई छोराको साहाराले त्यसरी ठेलामा राखेर लगेको बताइएको छ । ५५ वर्षीय श्रीमान् सदाशिव हिरत्तीको मुटु सम्बन्धी बिमारीका कारण घरमै ज्यान गएको थियो । ती महिलाले सहयोग माग्दा कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई कपडामा बेरेर अन्तिम संस्कारको लागि आफै गएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *