अत्यन्तै दुखद घटना : कोरोना जितेर घर त फर्किइन् युवती तर.. परिवारका कोही सदस्य ज्यूँदो भेटिनन

समाचार

एजेन्सी। कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका मानिसका लागि कति भयानक र पी’डादायी भएको छ भन्ने कुरा यहाँ एउटै घ’टना हेर्दा पनि पुष्टि हुनेछ। अदृश्य भाइरसले आम मानिसको खुसी कसरी लु’टिरहेको छ र आफन्त बिरामी पर्दासमेत स्याहार, उपचार गर्नै नपाई, देख्नै नपाई कसरी गुमाउनु परिरहेको छ भन्ने भारतको एक परिवारले भोगेको यो दुः’खान्त घ’टनाबाट थाहा हुन्छ।

भारतको ओडिशा राज्यको गंजम जिल्लाकी एक युवतीले भोगेको यो हालैको घ’टना हो यो। ती युवतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। अनि उपचारको लागि अस्पतालमा भर्ना भइन्। निको भएर जब उनी घर फर्किइन्, त्यसपछिको हालत थाहा पाएपछि उनको होस हवास नै उ’ड्यो। किनकि उनीसँगै उनका बुवा, आमा र श्रीमान्लाई पनि कोरोना संक्रमण भइसकेको रहेछ।

कोरोना संक्रमण मात्रै होइन, कोरोना संक्रमण जितेर घर फर्किने त्यो परिवारमा उनी मात्रै रहिछन्। उनका बुवाआमा र श्रीमान्को अस्पतालमै निधन भइसकेको रहेछ। हिन्दुस्तान टाइम्सका अनुसार ओडिशाको गंजम जिल्लाको अस्पतालबाट कोरोना संक्रमणको लागि उपचार गरेर घर फर्किएपछि मात्रै यी सब घ’टना उनलाई थाहा भयो।

उनलाई थाहा भयो कि उनका पति जितेन्द्रले २० जुलाईमा बरहामपुर शहरको कोविड अस्पतालमा कोरोना संक्रमणका निधन भइसकेको थियो। ती युवती, युवतीका श्रीमान् र आमाबाले ९ जुलाईमा एक प्राथमिक विद्यालयमा रहेको कोरोना भाइरस प्रयोगशालामा परीक्षण गरेका थिए। त्यसको भोलिपल्ट सबैको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

त्यसपछि उनीहरुलाई कोविड अस्पतालमा भर्ना गरियो। १५ जुलाईमा ती युवतीकी आमाको मृ’त्यु भयो। त्यसपछि १८ जुलाईमा उनका बुबा र २० जुलाईमा उनका पति जितेन्द्रको मृ’त्यु भयो।

ती युवती भने जुलाई २२ मा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किइन्, तर परिवारका सदस्यहरु कोही फर्किएनन्। स्मरण रहोस्, ओडिशाका ३० जिल्लामा ६३६२ व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ भने अहिलेसम्म ६२ जनाको मृ’त्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *