सुरक्षाकर्मीको घेरा भित्र रहेको आइसोलेसनमै १५ वर्षकी संक्रमित किशोरी माथि सामुहिक ब’ला’त्कार, २ युवकलाई पनि कोरोना

समाचार

काठमाडौं । कोरोना पुष्टि भएर कोरोना सेन्टरमा बस्दै आएकी १५ वर्षकी किशोरी माथि क’र’णी भएको छ । किशोरीले क्वारेन्टिनमा आफुलाई २ युवाले त्यस्तो गरेको बताएकी छन् । भारतको मैदान गढी प्रहरी स्टेशनमा दर्ता भएको सो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । किशोरीका अनुसार एक युवकले क’र’णी गरेको र संगै रहेका अर्का युवकले भने उनलाई सहयोग गरेको आरोप लगाएकी छन् ।

जिल्लाका वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको बारेमा मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरिएको छ। अधिकारीहरूले ती दुई अभियुक्तहरू न्यायिक हिरासतमा रहेको दाबी गरेका छन । तर स्थानियले भने कोरोना पुष्टि भएका ति किशोरीलाई कोरोना नेगेटिभ नआउँदा सम्म युवकलाई पनि पक्राउ नगरिएको दावी गरेका छन् ।

कोविड केन्द्र दक्षिण दिल्लीको मैदान गढी क्षेत्रमा राखिएको थिषे । प्रहरीले र सुरक्षाकर्मीले नै त्यसको सुरक्षाको जिम्मेवारी लिएका छन् । पी’डितलाई कोरोना पॉजिटिव भएपछि केन्द्रमा भर्ना गरिएको थियो। एकै साथ दुबै १८ र १९ वर्षका युवक पनि संक्रमित भएपछि भर्ना गरिएका थियो ।

किशोरीका अनुसार उनलाई ति युवकले एकान्त स्थानमा लगेर क’र’णी गरेका थिए । यो घटना जुलाई १४ मा भएको हो । त्यस घटनामा अर्का केटाले उनलाई सहयोग गरे। पछि उसलाई ध’म्की पनि दिइयो। उजुरी पछि किशोर किशोरीलाई अर्को कोविड केन्द्रमा सारिएको छ। यसै बखत आरोपीलाई त्यहाँबाट अर्को केन्द्रमा पठाइएको छ। त्यस्ता कडा सुरक्षा व्यवस्था हुँदा पनि घटना कसरी भयो भन्दै स्थानियले विरोध गरेका छन् । कोरोना केन्द्रमा सिसिटिभी क्यामेराहरू पनि जडान गरिएको छ । प्रहरीले त्यसैको आधारमा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *