`केपी ओलीलाई विदा गरौँ ! अपराधको संरक्षक न्यायाधीशमाथि महाअभियोग लगाऔं´

राजनिति समाचार

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।

पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालालाई सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् डा. भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन आग्रह गरेका हुन् । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका पूर्वडिआईजी कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा घटाएको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका छन् ।

यस्तै, डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्ति चयन गर्न पनि प्रस्ताव गरेका छन् ।

‘देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ! ’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *