‘नेपालको अस्तित्व समाप्त गर्न जोसँग पनि हात मिलाएर हिड्ने गद्दार र दलाल हुन बाबुराम’-दीर्घराज प्रसाई

राजनिति

दीर्घराज प्रसाई-: बाबुराम भट्टराईले जति नैं नुहाए पनि ‘गधालाई जति नैं नुहाए पनि गाई हुँदैन’ भने जस्तै हो ! बाबुराम भट्टराई गद्दार हुन् ! Who is B

ब्वाँसाको दाँत झरे पनि उसले गाई–भैसीलाई कन्याउँदै आन्द्रा चुडाएर खाने प्रवृत्ति छोड्दैन भनेझैं बाबुराम भट्टराई पनि त्यस्तै हो । हो, बाबुराम भट्टराईलाई अझै पनि कतिपय नेपालीहरु विद्वानको दृष्टकोणले हेर्ने गर्छन् । मैले पनि २०५४ सालदेखि बाबुराम भट्टराईलाई एक सशक्त देशभक्त ठान्थें । त्यसबेला म उनको समर्थनमा लेखहरु पनि लेख्ने गर्थे । तर जब बाबुरामहरुले सत्रौं हजार नेपाली नागरिकको रगतमा होली खेले, विकासका पूर्वाधारहरु नष्ट गरे, तिनै अपराधीहरुले नेपालमा केही गर्छन् भनेर अब पनि पत्याउनु भनेको मुर्खता हो ।

जुन रुखको फल खाइन्छ त्यसैको जरा खन्ने प्रवृत्ति हो बाबुरामका नयाँ नयाँ कुरा गरुण पुराणको तेस्रो र सातौं अध्यायमा दुनियाँ ठगी खाने, लुट्ने, दुनियाँलाई दुःख दिने चण्ड र प्रचण्डको चर्चा छ । उनीहरु त पछि पश्चाताप गरेर सुध्रिन्छन् । तर नेपालका यी चण्ड (बाबुराम) र प्रचण्डहरु सुध्रिन सक्ने स्थिति देखिदैन । ‘खाना खाने बेलामा त कालले पनि छोड्छ’ भन्छन्, तर यी चण्ड र प्रचण्डले त खान खाइरहेको व्यक्ति, क्रियापुत्री समेतलाई घिसारी–घीसारी मारे । यिनै बाबुराम हुन् जसले २०६२ मंसिरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर कांग्रेसका गिरिजा, एमालेका माधव नेपाल, माओवादीका प्रचण्डहरुलाई फसाए । त्यसबेलादेखि मैले उनलाई राष्ट्रघातीको रुपमा धिक्कारेर भारतीय दलाल भनेर लेख्न थालें ।

जुन रुखको फल खाइन्छ त्यसैको जरा खन्ने प्रवृत्ति हो बाबुरामका नयाँ नयाँ कुरा गरुण पुराणको तेस्रो र सातौं अध्यायमा दुनियाँ ठगी खाने, लुट्ने, दुनियाँलाई दुःख दिने चण्ड र प्रचण्डको चर्चा छ । उनीहरु त पछि पश्चाताप गरेर सुध्रिन्छन् । तर नेपालका यी चण्ड (बाबुराम) र प्रचण्डहरु सुध्रिन सक्ने स्थिति देखिदैन । ‘खाना खाने बेलामा त कालले पनि छोड्छ’ भन्छन्, तर यी चण्ड र प्रचण्डले त खान खाइरहेको व्यक्ति, क्रियापुत्री समेतलाई घिसारी–घीसारी मारे । यिनै बाबुराम हुन् जसले २०६२ मंसिरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर कांग्रेसका गिरिजा, एमालेका माधव नेपाल, माओवादीका प्रचण्डहरुलाई फसाए । त्यसबेलादेखि मैले उनलाई राष्ट्रघातीको रुपमा धिक्कारेर भारतीय दलाल भनेर लेख्न थालें ।

नेपालको अस्तित्व समाप्त गर्न जोसँग पनि हात मिलाएर हिड्न सक्ने एक गद्दारको रुपमा बाबुराम भट्टराई चिनिए । जनमोर्चादेखि माओवादी पार्टीभित्र जल्दोबल्दो नेताको रुपमा चिनिएर नेपाललाई भौडीमा हाल्न अनेकौं तीग्डाम गरेर अहिले कथित नयाँ शक्तिको हावादारी यात्रामा हिडेको देख्दा धिक्कार्न मन लाग्छ । बाबुराम भट्टराईले प्रधानमंत्री भएपछि गोर्खामा पुगेर, ‘सर्वसाधारणको इच्छा र आकाक्षां तथा देश र जनताको स्वार्थ माथि कुठाराघात भए मलाई कालो मोसो दलेर घमाउनु’ भनेर २०६८ साल भदौं २३ गते बोलेका थिए । बाबुरामले प्रधानमंत्री हुनु अघि र पछि देशलाई बरबाद गर्ने जुन कुकर्महरु गरे यस हिसाबले हो भने बाबुराम भट्टराईलाई कालो मोसो दलेर घुमाउने बेला यही हो ।

बाबुरामले देश डुबाउन अती नैं पाप गरेकाले अहिले धुरीबाट पाप कराउदै छ । कथित नयाँ शक्तिमा सीनेमामा नाटक खेल्नहरुलाई राजनीतिको जामा लगाएर मुलुकलाई उनले हसाएका छन् । बाबुराम भट्टराईले पी.एच.डी. गरे । तर उनको पी.एच.डी.बानरको हातमा नरिवल सरह भयो ।

‘गधालाई जति नैं नुहाएपनि गाई हुँदैन’ भन्ने कुरा बाबुरामले पी.एच.डी.लाई मागिखाने भाँडो बनाए । लोकराज बरालको पी.एच.डी. त ईश्वर बरालले तयार गरेको थियो भन्ने कुरा खुद ईश्वर बरालले म र जनार्दन आचार्यलाई भनेका थिए भने बाबुराम भट्टराईको पी.एच.डी. पनि यसडीमुनीले तयार गर्न लगाएको हुनसक्छ । दिल्लीमा यी सबै कुरा चल्छ ।

गोर्खा लुइटेल स्कूल बाबुराम इसाई बने भने दिल्ली नैं बाबुराम भट्टराईको राष्ट्रघातको पाठशाला हो । जव भारतको दिल्लीमा पढ्न गए त्यहीबेलादेखि उनी नेपालको अधोगति गराउनमा लागिपरे ।नेपाललाई शान्तिक्षेत्र घोषणा गरिएपछि राजा वीरेन्द्रको दिल्ली सवारीको बेला बाबुराम भट्टराईले केही कम्युनिष्टहरु भेला गरेर कालो झण्डा देखाएका थिए ।

बाबुरामले आफ्नै गलत सोँचकै कारणले आफूलाई अप्ठयारो बाटोमा पु¥याएर सबै क्षेत्रबाट सशंकित बनेका छन् । बाबुरामको पहिलो पासो ४ बुँदे सहमति गराएर भ्रष्ट मधेसी पार्टीका नेताहरुबाट समर्थन लिएर ४९ जनाको देशले धान्न नसक्ने मंत्रिपरिषद बनाएर प्रधानमंत्री त्यसरी प्रधानमंत्री भएको कुराबाट प्रष्ट हुन्छ । बाबुराम भट्टराई प्रधानमंत्री भएपछि अदालतबाट ज्यान मुद्दाको अभियोग लागेर जन्मकैदको सजाय पाएकाहरुलाई मुद्दा फिर्ता गराए । प्रधानमंत्री भएपछि नेपालको पहिचानको रुपमा स्थापित राष्ट्रिय पोसाक हटाए । नेपालको विक्रम संवत् हटाएर इस्वी संवतलाई लागू गर्न खोजे । सहिद गेटबाट प्रजातन्त्रका प्रवर्तक राजा त्रिभूवनको शालीक हटाउन खोजे ।

नेपाली इसाईहरुलाई आर्थिक सहायता वितरण गराएर ब्रम्हलुट मच्चाए । सडक ठूलो बनाउने भनेर हचुवाका भरमा भत्काउन पनि कमिसन जम्मा गर्ने ददालहरुलाई जिम्मा लगाएर नगरवासीहरुलाई आन्दोलिन बनाउँदै शहरभित्र डुडडुड्ती धुलो प्रदुषण बढाए ।वास्तवमा मान्छेको मुख हेरर बोल्ने पिच्वा बानीले बाबुराम इतिहासकै असक्षम व्यक्तिको रुपमा चिनिदै छन् । अराजक व्यवहार, देशद्रोह र पदलोलुपताको कारणले बाबुरामले कठोर सजाएको भागिदार हुनुपर्ने स्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *