दुखद खबर; रोकिएन कोरोना बाट हुने मृत्यु वीरगञ्जमा फेरि एक युवतीमा कोरोना संक्रमण बाट मृत्यु।

समाचार

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।

आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । उनको पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ ।

बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शुक्रबार बिहान पनि वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा निधन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *