सुशान्तको चलचित्र हेरेर फेरि एक बालिकाले गरिन देहत्याग।

समाचार

मुम्बई । अभिनेता सुशान्त सिंह राजपूतको फिल्म छिछोरे हेरेर एक बालिकाले देहत्याग गरेकी छन् । उनको निधन हुन भन्दा अगाडीको फिल्म हो छिछोरै । उनले त्यो फिल्ममा जस्तो सुकै अप्ठेरो परिस्थितीमा पनि हिम्मत हार्नु हुँदैन भन्ने सन्देश दिएका छन् । त्यस्तो सन्देश दिएका कलाकार सुशान्तको देह त्यागले सबैलाई अचम्म पारेको छ । उनले गत १४ जुनमा मुम्बईस्थित आफ्नै घरमा देह त्याग गरेको अवस्थामा फेला परेका थिए । सुशान्तको फिल्म हेरेर एक १३ वर्षीया बालिकाले देह त्याग गरेको समाचार भारतीय मिडियाले प्रकाशन गरेका छन् । उनले छिछोरे फिल्म हेरेपछि सुशान्तले किन त्यस्तो निर्णय गरे भन्दै अभिभावकलाई प्रश्न गरेकी थिइन् ।

एएनआईको रिपोर्टअनुसार सुशान्तको निधनवाट दुःखी ती बालिका ७ कक्षामा अध्ययनरत थिइन् । उनको नाम जे एञ्जेला हो । फिल्म हेरेर सुशान्तको निकै याद गरेकी उनले एउटा नोट समेत लेखेकी छन् । नोटमा उनले लेखेको कुरा उधृत गर्दै भारतीय मिडियाले जनाएका छन् । उनले लेखेकी छन्, सुशान्त दुनियाँबाट जानु मलाई राम्रो लागिरहेको छैन, त्यसैले म देह त्याग गर्दैछु ।

प्रहरीले बालिकाको सो घटनाको अनुसन्धान गरेको छ । सुशान्तको निधन भएपछि उनका धेरै फ्यानले यस्तै निर्णय गरेका छन् । अहिले सम्म करिब ६ जनाको ज्यान गइसकेको छ । यस्तो निर्णय लिनेमा अधिकांश किशोर किशोरी छन् । सुशान्तको देह त्यागको घटनालाई लिएर बलिउडमा नेपोटिजमको बहस चलेको छ । फिल्म क्षेत्रमा भएका बुवाआमाका छोराछोरीले मात्र राम्रो अवसर पाएको तर सुशान्त जस्ता जेहेन्दार र राम्रो कलाकारले अवसर नपाएको भन्दै वहस सुरु भएको हो ।
परिवारवादका कारण अन्य क्षेत्रवाट आएका कलाकारले अवसर नपाउँदा सुशान्त जस्तै निर्णय लिन बाध्य भएको भन्दै वहस सुरु भएपछि प्रहरीले सोही अनुसार अनुसन्धान अघि बढाएको छ । प्रहरीले अहिले सम्म करिब दुइ दर्जनसंग वयान लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *