२४ घण्टामा एती धेरै संक्रमण मुक्त, निको हुनेको दर ७०.४६ प्रतिशत।

समाचार

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०७जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ९४७ पुगेको छ ।

निको हुनेको दर ७०.४६ प्रतिशत रहेको मन्त्रालयले जनाएको

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेक संख्या ४४ पुगेको छ

यो अर्को समाचार
दुखद खबर; रोकिएन कोरोना बाट हुने मृत्यु वीरगञ्जमा फेरि एक युवतीमा कोरोना संक्रमण बाट मृत्यु
काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।

आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । उनको पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ ।

बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शुक्रबार बिहान पनि वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा निधन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *