भदौ १ गतेदेखि शुरु हुने हवाइ उ’डानका लागि यस्तो छ भा,डादर

समाचार

काठमाडौँ, ९ साउन- झण्डै पाँच महिनापछि हुनलागेको व्यावसायिक उडानका लागि वायुसेवा कम्पनीले गन्तव्यअनुरुप भाडादर निर्धारण गरेका छन् । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेसँगै एयरलाइन्सले टिकट बुकिङ शुरु गरेका छन् ।

बुद्धएयरका अनुसार भदौ १ गतेदेखि शुरु हुने आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री शुरु भइसकेको छ । यती र श्रीएयरले पनि छिट्टै बुकिङ खुलाउने तयारी गरेका छन् ।

बुद्धएयरले काठमाडौँबाट भद्रपुर जानका लागि रु आठ हजार ६३८ कायम गरेको छ । त्यसैगरी भैरहवाका लागि रु पाँच हजार ६५९, भरतपुरका लागि रु तीन हजार ३४२, विराटनगरका लागि रु छ हजार ७१७, धनगढीका लागि रु १० हजार ९६६ भाडा कायम गरेको छ ।

त्यसैगरी जनकपुरका लागि रु तीन हजार ८७१, नेपालगञ्जका लागि रु नौ हजार ३१२, पोखराका लागि रु चार हजार ६३०, सिमराका लागि रु दुई हजार ८५२, सुर्खेतका लागि रु १० हजार २९२ भाडा कायम गरेको छ ।

कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाईसेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिसकेका छन् । विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *