आखिर किन जापनले नेपालीलाई अचानक प्रतिबन्ध लगायो, कारण येस्तो छ?

समाचार

नेपालबाट जापान आउन प्रतिबन्ध समाचार नेपालबाट जापान आउन प्रतिबन्ध,२४ तारिक देखि लागू हुने !
टोकियो । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न विभिन्न उपायहरु अपनाइरहेको जापानले नेपालबाट समेत प्रवेश
प्रतिबन्ध लगाउने भएको छ ।
केही दिनअघि मात्र नेपाल सहित विभिन्न १७ देशहरुमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई यात्रा चेतावनी जारी गरेको
जापानले राष्ट्रिय सुरक्षा परिषद्सँगको छलफल पछि यो निर्णय लिएको बुझिएको छ ।

केही समय अघिदेखिनै जापान आउने चार्टड विमानहरुलाई नेपालमा अवस्थित जापानी दूतावासले उडान अनुमति नदिने
जनाएको थियो।घोषित रुपमा यात्रा प्रतिबन्ध लागेसंगै अब नेपालबाट आउन चाहाने तथा विदामा नेपाल गएर आउन नपाएका नेपालीहरु प्रत्यक्ष प्रभावित भएका छन् ।यात्रा प्रतिबन्ध लागेका देश तथा क्षेत्रमा थपिनेमध्ये प्लालेष्टाइन, बोत्स्वाना, कोमोरोस, लाइबेरिया, लिबिया, मदगास्कर,
निमिबिया, पाराग्वे, गणतन्त्र कंगो, सेर्रा लियोन, सोमालिया, सुडान, सुरीनामे र उज्वेकिस्तान छन् ।
प्रतिबन्धसंगै १४ दिनभित्र नेपाल यात्रा गरेका विदेशीहरुलाई समेत जापानमा प्रवेश दिइनेछैन ।
जापानले यात्रा प्रतिबन्ध लगाएका देशहरुबाट आउन चाहाने जापानी नागरिकहरुलाई भने सिमित नियमहरु पालना गरि
प्रवेश गर्न भने अनुमति दिने गरेको छ
कोभिड(१९ को संक्रमणका कारण जापानले सीमामा कडाइ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *