विश्व रेकर्ड बनाएका विजयलाई ज्यान मा’र्ने ध’म्की : ‘एक महिना पर्खनुस्, म नेपालका लागि केही विशेष गर्दैछु त्यसपछि मा’र्नुहोला’ (भिडियो हेर्नुस्)

समाचार

काठमाडौं । विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । तर विजयले प्राप्त गरेको त्यो सफलताको विषयलाई लिएर विवाद आएको छ ।

उनलाई रिपोर्टस् क्लवमा आयोजित कार्यक्रममा उनलाई सम्मान गर्छौ भनेर बोलाइयो । तर त्यतीबेला उनलाई जानकारी बिना नै त्यहाँ विजयको परिक्षा लिइयो । उनले एक अन्तरवार्ताका क्रममा भनेका छन्, त्यहाँ पत्रकार पनि थिएनन सबै आएका थिए । मलाइ सम्मान गर्न भनेर बोलाइयो तर त्यहाँ किताब बोकेर आएका ब्यक्ति थिए । उनले आफुलाई सोही कार्यक्रममा फ’सा’इएको बताए ।

उनले आफुलाई त्यसपछि निकै त’नाव दिइएको । सो कार्यक्रममा पुण्य गौतमले पुस्तक ल्याएर अचानक डेमो देखाउन भनेको उनको भनाई छ । त्यो कार्यक्रममा तत्काल डेमो नदेखाएको कारण आफुलाई ज्यान मा’र्ने ध’म्कि आएको बताएका छन् । उनले त्यस अघि पनि उनले आफुलाई तेरो क्षमता अरुलाई नसिका, सिकाइस् भने तेरो ज्यान लिन्छु भनेर ध’म्की आएको बताएका छन् । उनले आफुलाई विदेश जा त्यसका लागि करोडौ रुपैया दिन्छौं भनेर ध’म्की आएको बताएका छन् ।

उनले आफ्ना बारेमा अनावश्यक हल्ला फैलाएका कारण अब आफुले कसैलाई अन्तरवार्ता नदिने बताएका छन् । उनले आफुले अहिले सम्म ४ वटा मिडियालाई आफ्नो डेमो देखाइसकेका कारण सबैलाई दिन नसक्ने पनि बताएका छन् । उनले सबैलाई त्यसका लागि समय पनि नहुने बताएका छन् । उनले भने, ‘सबैमा दिन थाल्यो भने मानिसले पत्याउँदैनन’, त्यसैले आफुले अब कसैलाई अन्तरवार्ता नदिने बताएका छन् ।

उनले भने ‘अबको केही दिन अब कुनै मिडियामा अन्तरवार्ता दिन्न ।’ विजयले विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई भएको थियो । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् । एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् । कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि कालिकोटमा उल्लास छाएको थियो ।

उनले अन्तरवार्ताका क्रममा भनेका छन्, मलाई ध’म्की आएपनि ड’रा’उँदिन, एक महिनामै तेरो जिवन सक्दिछौं भनेर ध’म्की आएको छ । म भन्न चाहन्छु मलाई साँच्चै मा’र्ने नै हो भने म नेपालका लागि केही गरेर मात्र म’र्न चाहन्छु । मलाई नेपालमा अरुलाई मेरो शिप सिकाउनछु त्यस पछि मा’रे पनि मा’र्नु । उनले अब नेपाललाई शिक्षित बनाउने लक्ष्य लिएको बताए । उनले आफु त्यो दिन निकै थकित भएको र अघिल्लो दिन राती २ वजे राती मात्र घर पुगेका कारण त्यो दिन डेमो दिन नसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *