“प्रधानमन्त्री बनाउँछु भनेर धोका दिइयो”: वामदेव गौतम

समाचार

सत्तारुढ नेकपामा सरकारको नेतृत्वको विषयलाई लिएर विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानमा को जाने र पठाउने भन्ने विषयले ओलीइतरका नेताहरुबीच तँछाड मछाड भइरहेको छ भने ओलीले आफ्नो सत्ता टिकाउन सबै उपाय अवलम्बन अपनाइरहेका छन् ।

तर, यस बेला उपाध्यक्ष वामदेव गौतमले भने आफूलाई धोका दिएको आफूनिकटका नेताहरुसँग बताउन थालेका छन् । प्रधानमन्त्रीको आश्वासन दिएका नेताहरुले अहिले माधवकुमार नेपालको पक्षमा वकालत गर्न थालेको भन्दै उनले आफूमाथि अन्याय भएको समेत गुनासो गर्न थालेका छन् ।

सत्ता र राजनीतिक समीकरणको खेलमा निर्णायक खेल खेल्न वामदेव प्रधानमन्त्री बन्ने योजनामा पहिलेदेखि नै हिँडिरहेका थिए । अहिले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेल भइरहेका बेला वामदेव प्रधानमन्त्री बन्ने चाहनामा रहेका छन् ।

तर, यस अघि प्रधानमन्त्री बनाउन राजी भएका नेताहरु माधवकुमारको पक्षमा लविङ गर्न थालेपछि वामदेवको गुनासो आउन थालेको हो । यसअघि राष्ट्रिय सभामा लगेर वामदेवलाई प्रधानमन्त्री बनाउन बाटो खुल्ने गरी संविधान नै संशोधन गर्ने तयारी गरिएको थियो । यस घटनामा वामदेवको पक्षमा देखिएका नेताहरुले अहिले साथ छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *