काठमाडौंमा भारतियहरु भित्रिन थालेपछि कोरोना संक्रमणको खतरा उच्च, समुदायमा नागरिक त्रसित।

समाचार

काठमाडौं । पछिल्ला दिनमा विश्वभर कोरोना संक्रमितको संख्या बढीरहेको भएता पनि नेपालमा भने संक्रमितको संख्या भनेृ घट्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनमा नेपालमा संक्रमितको संख्या घटीरहेको र डिस्चार्ज हुनेको संख्या बढीरहेको दाबी गर्दै शनिबार जम्मा १ सय ९ जनामा संक्रमण पुष्टी भएको जनाएको छ ।

यसैबिच काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमाडा गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको बताए । काठमाडौँमा समुदायमा पनि फाट्ट फुट्न संक्रमित देखिएको हुँदा शर्तक हुन मन्त्रालयले सबैलाई सचेत गराएको छ ।

पछिल्ला दिनमा काठमाडौँमा भारतबाट मानिसहरु सिधै आउन थालेपछि संक्रमणको खतरा भने बढीरहँदा सरकारले लकडाउन खोलेर कुनै सचेतना नपनाएको भन्दै काठमाडौँका नागरिकहरु चिन्तित बनेका छन् । अहिले राजधानीका चोकचोकमा तरकारी बेच्ने भारतीयहरु लाम लाग्न थालेका छन् । जसबाट खतरा बढ्दो छ । कालीमाटी तरकारी बजारमा अहिले अधिकांश पसलमा भारतीयहरु भारतबाट आइपुगेका छन् । त्यस्तै चोकचोकका सबैजसो कपाल काट्ने पसलहरु पनि खुलीसकेका छन् । र भारतीय कामदारहरु अहिले कपाल काट्नमा ब्यस्त रहेको र सबैको पिसिआर परिक्षण नगरिका कारण जोखिम बढ्दो छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ। यसैबिच नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । कोरोनाका कारण वीरगन्जमा १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो कोरोनाको संक्रमणका कारण वीरगन्जमा एक १७ वर्षीया किशोरीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४५ पुगेको स्वास्थ्य मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार ज्यान गुमाउनेमा बाराको परवानीपुरकी ८ कि एक १७ वर्षीया किशोरी रहेकी छिन् । उनको शुक्रबार बेलुका निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत बुधबार वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि गएकी उनको आरडीटी परीक्षण गर्दा पोजिटिभ आएपछि उनलाई आकस्मिक उनको ८ गते स्वाब संकलन गरिएको र ९ गते कोरोना पुष्टि भएको थियो।

शरीरमा अक्सिजनको मात्रा कम भएको, पखाला लाग्ने, जीउ कम्ने र स्वासप्रस्वास लगायतका समस्याहरु देखिएर उपचार जारी राखिएकै बेला निधन भएको मन्त्रालयले जनाएको छ । देशभर संक्रमणको दर बढीरहेका बेला र समुदायमा समेत कोरोना संक्रमित फेला परेका बेला ओली सरकार भने कुर्चिकै चलखेल र पार्टीको विबादमा फसेका कारण नागरिकहरु चिन्तित छन् । तर सरकारलाई भने कोरोना नियन्त्रणमा समय दिनुभन्दा भगवान् भरोसा भन्दै परिक्षण घटाएको आरोप लागीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *