२० बर्षिया युवतीले छोरा जन्मिने साथ मेरो बच्चा होइन भन्दै लान मानिनन….

समाचार

चीनको गुइयाङकी २० वर्षे महिला पेट दुखेपछि अस्पताल पुगेकी थिइन् । त्यहाँ उनलाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन् । डाक्टरका अनुसार पढेलेखेकी ती महिला अत्यधिक मोटी थिइन् त्यसकारण उनलाई आफू गर्भवती भएको पत्तै भएन । घटना त्यतिबेला जटिल भयो जब उनले बच्चा निकाल्न शल्यक्रिया गर्नुअघि आफ्नो कुमारित्व परीक्षण गर्न माग राखिन् ।

गुइयाङ्ग इभिनिङ पोष्टले यसबारे समाचार लेखेको छ । युवतीलाई गुइझाउ प्रान्तको गुइयाङ्गस्थित एक अस्पतालमा राखिएको थियो । ती युवतीलाई प्रसव पीडा हुनै लाग्दा पनि आफू गर्भवती भएको थाहा नभएको बारे थाहा पाएपछि अस्पतालका कर्मचारी चकित परेका थिए ।

युवतीको भनाई उद्धृत गर्दै अस्पतालका कर्मचारीले भने,‘उनलाई पुरुषहरु मन पर्दैन, कहिले पनि प्रेमी बनाइनन् र कहिले पनि यौ न सम्बन्ध राखिनन्, त्यसकारण आफू गर्भवती हुनै नसक्ने उनले दाबी गरिरहेकी थिइन् ।’

जब उनका डाक्टरले र क्सीको मातमा यस्तो भएको हो कि भनेर सोधे तब उनले भनिन्,‘मलाई र क्सीसँग एलर्जी छ,मैले कहिले पनि र क्सी छोएकै छैन ।’ महिलाको तौल अत्यधिक भएकाले उनको पेटमा विगत ९ महिनादेखि बच्चा हुर्किरहेको छ भन्ने थाहा नभएको हुनसक्ने डाक्टरले बताएका छन् ।

‘उनी गर्भवती छिन् र चाँडै नै प्र सव पीडामा जाँदै छिन् भन्ने बारे उनलाई सम्झाउनै सकिएन,’डाक्टरले भने । उनको स्वास्थ्यस्थिती बिग्रन थालेपछि अस्पतालले युवतीको शल्यक्रिया गर्यो । उनले छोरालाई जन्म दिइन् । नवजात शिशुलाई उनकी आमाले छुनसमेत हिच्किचाएपछि महिलाको परिवारलाई सुम्पिइयो ।

रिपोर्टका अनुसार ती युवती एक्लै बस्थिन् । उनको तौल अत्यधिक भएको र महिनावारी पनि गडबडी भएकाले उनलाई गर्भ बसेको पत्तै भएन । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *