स्याङ्जाका प्रहरी प्रमुख सहित थप १८ जनालाई कोरोनाको संक्रमण

समाचार

स्याङ्जामा प्रहरी प्रमुखसहित थप १८ जना प्रहरी कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । सोमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार १८ जनामा कोरोना पुष्टि भएपछि योसँगै २१ प्रहरीमा कोरोना लागेको छ ।

स्याङ्जा प्रहरीमा कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ । अझै केहीको रिपोर्ट आउनै बाँकी रहेको स्याङजा प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

साउन ७ गतेदेखि स्याङजा प्रहरी कार्यालय सिल छ । जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई साउन ६ गते कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो ।

कार्यालय सिल गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत सबै ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पठाएको डीएसपी अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *