नक्कली परिचय पत्र बनाएर भारतीय नागरिक धमाधम नेपाल प्रवेश गर्दै

समाचार

काठमाडौं । कोरोना फैलन नदिन अहिले अन्तराष्ट्रिय सिमा नाका बन्द गरिएको छ । अन्तराष्ट्रिय उडान पनि भदौ १ गते सम्मका लागि बन्द छ । तर नक्कली परिचय पत्र बनाएर भारतीय नागरिक धमाधम नेपाल प्रवेश गरेका कारण सिमानामा कोरोनाको खतरा बढेको छ । भारतमा अहिले कोरोना तिब्र रुपमा फैलिएको छ । भारत कोरोना फैलिने मुलुकमा विश्वको तेस्रो नम्बरमा छ भने एसियामा पहिलो नम्बरमा छ ।

सिमाना बन्द भएको बेलामा भारतीय नागरिकले नक्कली कार्ड बनाएर नेपाल प्रवेश गरेका छन् । यसरी प्रवेश गरेकाहरुलाई प्रहरीले रुपन्देहीको नाकामा नक्कली कार्ड बरामद गरेपछि यो रहस्य खुलेको हो । तर स्थानिय भने प्रहरीसंगकै मिलेमतोमा यस्तो काम भइरहेको भन्दै विरोध जनाएका छन् । क्लियरिगंमा काम गर्ने, भन्सारको एजेन्टका रुपमा उनीहरुले नक्कली कार्ड बनाएका छन् । रुपन्देही नाकामा संकास्पद ब्यक्तिलाई रोकेर खोजतलास गर्दा उनीहरुवाट नक्कली कार्ड फेला परेको हो

सीमामा खटिने प्रहरीलाई नक्कली आईडी कार्ड देखाउँदै भारतीयहरु सहजै नेपाल आइरहेका कारण सिमानाका क्षेत्रमा कोरोना खतरा बढेको भन्दै स्थानियले चिन्ता ब्यक्तगरेका छन् । रुपन्देहीको बेलहिया नाकामा यो क्रम तिब्र बढेको स्थानियले बताएका छन् ।

सशस्त्र प्रहरीले नक्कली आईडी कार्ड बनाएर नेपाल प्रवेश गरेका करिब एक सय जनाको कार्ड बरामद गरेको छ । उनीहरुलाई प्रहरीले भारत तर्फ नै फर्काइदिएको छ । नक्कली कार्ड बनाएर नेपाल प्रवेश गर्ने अधिकांश भारतीयहरु भन्सारमा काम गर्ने दलाल छन्। यस्तै, नेपाली बजारमा व्यवसाय गर्ने र तस्करहरुसमेत अधिक छन्। स्थानियले भने प्रहरीले नै प्रवेश दिएका कारण उनीहरु नेपालको भन्सार सम्म आइपुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *