खुसीको खबर : गोर्खा सैनिकको उच्च कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर हाल्दै ।

समाचार

लण्डन – बेलायती सेनामा गोरखा सैनिकले पु¥याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताउनुभएको छ ।

हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीरअङ्कित सिक्का ननिकालिएको जनाइएको छ । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाउनुभयो । रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।

यो अर्को समाचार
फेरि गयो ठुलो पहिराे : ५ जना बेपत्ता, १ काे मृत्यु, कर्णाली करिडोरकाे बेलिब्रिज पनि बगायाे

कालिकाेट, १३ साउन । लगातारको वर्षाका कारण कालिकोटकाे रास्काेट नगरपालिका- १ वड्डालामा पहिराे जाँदा जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् ।

शान्नी त्रिवेणी गाउँपालिका- ७ मा टेकबहादुर टमटाकाे घर पहिराेले पुरिँदा पानी परेपछि ओत लाग्न बसेकी वर्ष १४ की बेलपुरा शाहीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जाेशीले बताउनुभयाे ।

पहिराेकै कारण रास्काेट नगरपालिका- १ की १८ वर्षिया यशाेदा टमटा र ८० वर्षिया मयसरा टमटा घाइते भएका छन् ।

साथै पहिराेले कर्णाली करिडोर अन्तरगत पर्ने फुगाड बेलीब्रिज पुल समेत बगाएको छ । बेपत्ता ब्यक्तिकाे खाेजी कार्य भइरहेको डिएसपी श्यामबाबु ओलियाले बताउनुभयाे । पानी पर्न नराेकिएकाले खाेज तथा उद्धारमा कठिनाइ भएको उहाँकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *