काठमाडौँमा डरलाग्ने गरी बढ्यो कोरोना संक्रमण, बढ्यो त्रास

समाचार

काठमाडौं, साउन १३ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मगंलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले काठमाडौँमा मात्रै ४८, ललितपुरमा ४ र भक्तपुरमा १ कोरोना संक्रमित थपिएका जानकारी दिए ।

यसैबिच नेपालमा मंगलबार थप १ सय २१ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १३ हजार ८ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय २१ जना घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *