नेकपाको स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न, यस्ता छन् निर्णय

राजनिति

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको छ ।

यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।

आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *