अस्पतालको लापरवाहीले गर्दा संक्रमित वृद्ध बुबाको शय्याबाट खसे, कसैले वास्ता नगरेपछि तड्पी तड्पी गयो ज्यान।

अन्तर्राष्ट्रिय

एजेन्सी । भारतको तेलंगाना राज्यमा रहेको करीमनगरमा एक अस्पतालले कोरोना रोगीको उपचारमा चरम लापरवाही गरेको पाइएको छ । सरकारी अस्पतालमा भर्ना भएका ती रोगी शय्याबाट खसे ।

कसैले उनलाई वास्ता नगरेपछि तड्पी तड्पी उनको ज्यान गयो ।आइतबार जिल्ला अस्पतालमा भएको घटनामा ७० वर्षीय रोगीको ज्यान गएको हो । उनलाई पाँच दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।

रोगीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन दिइएको थियो । आइतबार उनी बेडबाट लडे र उनको अक्सिजन सप्लाई बन्द भयो । त्यसैले उनको ज्यान लियो ।ती वृद्ध रोगी अस्पतालको बेडबाट खसेको खबर अस्पताल प्रशासनलाई दिएको भए पनि कसैले वास्ता नगरेको अन्य रोगीको आरोप छ ।

कसैले पनि उनलाई भुइँबाट नउठाएको र उनी भुइँमै लामो समयसम्म तड्पिएर बसेको बताइएको छ । मेडिकल स्टाफको कमीका कारण यस्तो घटना हुन गएको भन्दै अस्पताल प्रशासनले स्पष्टीकरण दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *