कैलालीमा ८ सय घर डुबानमा, २ हजार स्थानीयलाई सुरक्षित स्थानमा लगियो ।

समाचार

धनगढी १४, साउन-कैलालीमा अविरल वर्षा सँगै आएको बाढीले सयाँै घर डुबानमा परेका छन्। जिल्लाको टिकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, वर्दगोरीया गाउँपालिका लगायतका क्षेत्रमा अविरल वर्षा सँगै आएको बाढीले ८ सय घर डुबानमा पर्नुका साथै लाखौँको धनजनको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिस्टका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा २ हजार स्थानीयलाई सुरक्षित स्थानमा पु¥याईएको छ। उनले उद्धार गरी केहीलाई आफ्न्तकहा पु¥याईएको र केहीलाई विद्यालयमा राखिएको बताए।

भजनी नगरपालिका–८ का बाढीमा बगेका बेपत्ता भएका दुई जनाको भने सकुशल उद्धार गरिएको उनले बताए। वडा नम्बर ८ जनकपुरका ११ वर्षीय बालक स्केल चौधरी र सुदूरपश्चिम २०–३००१ प ३५०६ नम्बर मोटरसाइकलमा सवार व्यक्ति बगेर बेपत्ता भएको उनले बताए। बेपत्ता उनको नाम, थर खुलेको छैन। उनीहरूको खोजी कार्य जारी रहेको उनले बताए।

यस्तै,भजनी नगरपालिका–८ का ४० वर्षीय ईश्वर शाह र सोही वडाका ३३ वर्षीय चक्र विक पनि बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रहरी उपरीक्षक कमल तिम्सिनाले जानकारी दिए।

बाढीमा बगेका दुई जनाको भने सकुशल उद्धार गरिएको छ। भजनी नगरपालिका–८ का हेमन्त शाह र बिक्की शाहको सकुशल उद्धार गरिएको तिम्सिनाले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीले ८ सय घर डुबानमा परेको जनाएको छ। उद्धारको कार्य जारी रहेकाले थप सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आग्रह गरे।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। आगामी ३ दिन सम्म उच्च वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक अवरुद्ध हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

कैलालीका कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधर, बसन्ता, पथरैया, लगायतका नदीमा पानीको बहाव बढ्ने विभागले बताएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *