बालिका बलात्कार गर्ने युवा पक्राउ,एक जना फरार ।

समाचार

‘बाँकेको कोहलपुरमा बालिकालाई बलात्का’र गरेको अभियोगमा प्रहरीले एक युवकलाई प’क्राउ गरेको छ । पी’डित बालिकाको परिवारले दिएको किटानी जा’हेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा घोराही–६ घर भई कोहलपुर,एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ । अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान शुरु गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *