दुई वर्षीया बालिका र उनकी आमाको अत्यन्तै दु:खद नि’धन !!

समाचार

भर्खर प्राप्त समाचार: दुई वर्षीया बालिका र उनकी आमाको अत्यन्तै दु:खद नि’धन !! दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरूको मृत्यु भएको हो। घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधामात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ। यस विषयमा थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *