बहराइनमा थप १० जाना नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो ।

समाचार

काठमाडौं, २७ चैत । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ । पछिल्लाे केही दिनयता लिइएकाे स्वाबमा थप १० जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २२ पुगेको बहराइस्थित नेपाली दूतावासले जनाएको छ ।

यो रिपोर्ट बुधबार मात्रै सार्वजनिक भएको हो । याेभन्दा पहिला बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण भेटिएको थियो ।

बहराइनमा हालसम्म जम्मा ८ सय २३ जनामा कोरोना संक्रमण पाइएको छ भने १२ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *