Breaking News: भोलि देखि १४ दिनसम्म सरकारले गर्यो लकडाउनको घोषणा

समाचार

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको छ। शुक्रबार (आज)राति १२ बजेदेखि विराटनगर महानगरपालिकामा दुई सताको लागि लकडाउन गरिएको हो। मोरङका सहायक जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शनिबार बिहानैदेखि विराटनगरमा लकडाउन गरिने जानकारी दिए।
‘राति १२ बजेबाटै महानगरपालिकामा १४ दिन लकडाउन गर्ने निर्णय भएको हो’ उनले भने। लकडाउन थप कडा हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *