रुपन्देहीमा खोलाले बगाउँदा २ जना बेपत्ता

समाचार

जिल्लाको सियारी गाउँपालिका–३ जगहता बस्ने ६ वर्षीया ज्योती चौधरी भैसाखादरस्थित मामाघरमा गएको र बाख्रा चराउन जाँदा तिनाउ खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन् । उनको इलाका प्रहरी कार्यालयबाट खोजी कार्य भइरहेको छ । यसैगरी बुटवल उपमहानगरपालिका ११ झोलुंगे पुलस्थित तिनाउ खोलामा दिउँसो पौडी खेल्ने क्रममा स्थानीय १९ वर्षीय हरी दर्जीलाई पानीले बगाउँदा बेपत्ता भएका हुन् । उनको समेत खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *