साउदीमा कोरोना भाइरसलाई जितेर काममा फर्किए तीन नेपाली ।

समाचार

काठमाडौँ, २७ चैत,साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित भएका ३ नेपालीलाई निको भएर नियमित काममा फर्किएका छन् ।

रियादस्थित नेपाली दूतावासका अनुसार सफल स्वास्थ्य उपचारपछि नियमित काममा फर्किएको बताएको छ । उनीहरु बुधबार क्याम्पमा फर्केका थिए । निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ ।

एकजनाको अवस्था भने सुधारोन्मुख छ । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । दूतावासका अनुसार साउदीमा बुधबार थप १३७ जनालाई पोजेटिभ देखिएको छ।साउदीमा संक्रमितको संख्या २९ सय ३२ पुगेको छ । हालसम्म ६३१ जनालाई निको भएको छ।

साउदीले कोरोना नियन्त्रणको प्रयासमा सबैको सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमितको संख्या घट्ने उल्लेख गर्दै कोरोनाको नियन्त्रणमा सबै पक्ष जिम्मेवार रहन अनुरोध गरेको छ ।

दूतावासले विदेशी नागरिकसँग काम गर्दा,हिँड्डुल,उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ।साउदीमा दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *