सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

समाचार

काठमाण्डाै – सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हिजो बेलुकी लालबन्दी नगरपालिका-१७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका-५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका-७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २-०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका अर्का एक जनालाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
ती व्यक्तिको भने परिचय खुलेको छैन ।

यो अर्को समाचार
१७ साउन विराटनगर भ्रष्टाचार विरुद्धका अभियन्ता श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलमाथि कुटपिट भएको छ ।

शनिबार कार्यालय परिसर भित्रै कार्यालयकै कर्मचारीहरुले सञ्जेलमाथि हातपात गरेका हुन स्रोतका अनुसार सञ्जेलले कर्मचारीलाई केही कामका लागि निर्देशन दिएका थिए । तर सो कामनगर्ने भन्दै कर्मचारी र उनीबीच विवाद भएको थियो ।

विवादकै बीच कर्मचारीहरुले उनीमाथि कुटपिट गरिएको बताइएको छ हाल दुवै पक्ष जिल्ला प्रहरी कार्यालय मोरङ मा पुगेका छन दुवैबीच वार्ताको प्रयास भइरहेको मोरङ प्रहरीले बताएको छ ।

यस अघिपनि सञ्जेलले कर्मचारीको मानमर्दन गर्ने गरेको भन्दै केही कर्मचारीहरुले उनीविरुद्ध असन्तुष्टि जनाउदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *