बाजुरामा श्रीमानले गोलि हानी गरे आफ्नै श्रीमतीको हत्या ।

समाचार

मार्तडी,२७ चैत । बाजुरामा श्रीमानले आफ्नै श्रीमतीको गोली प्रहार गरी हत्या गरेका छन् ।

बाजुराको गौमूल गाउँपालिका–४ का ४० वर्षीय गोरख रोेकायाले आफ्नी ३३ वर्षीया श्रीमती सुन्तु रोकायाको गोली हानी हत्या गरेका हुन् ।

गोली लागेर भैंसी गोठमा मृत अवस्थामा फेला परेपछि सुन्तुका माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । बिहीबार बिहान घटनास्थल पुगेको प्रहरीले बुधबार राति घटना भएको जनाएको छ ।

प्रहरीले भरुवा बन्दुकसहित सुन्तुका श्रीमान गोरखलाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे विस्तृत छानबिन भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *