रबि लमिछाने भन्छन,प्रहरी मेरो साथी मत्रै हैन परिवर पनि हो

राष्टिय

काठमाडौं । अधिकृतस्तरका प्रहरीको केहि दिनको तलब काटेर कोरोना कोषमा दिने निर्णय पछि सामाजिक सञ्जाल आलोचना भइरहेको छ।

धेरैले अग्रमोर्चामा खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाभत्ता बढाउनुपर्ने सुझाव दिएका छन्।

चर्चित सञ्चारकर्मी रवि लामिछानेपनि पनि उक्त कुराको विरोध जनाएका छन्। उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् “एउटा गतिलो भ्रष्टाचारी समाउ सरकार र उसैको अकुत सम्पत्ति बाट अग्रपंक्तिमा उभिएका रास्ट्र सेवक प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिलाउ। तलब काट्ने होइन। सरकारले पैसा काटेछ भने,मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु। प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवार पनि हो।”

नेपाल प्रहरीको यो निर्णयको पूर्वराजा ज्ञानेन्द्र देखि लिएर सर्वसाधारणले विरोध गरिरहेका छन् ।

लकडाउनको अवधिमा दिनरात फिल्डमा खटिने प्रहरीको तलब नकाटेर नेता,संसद सबैको काटेर कोषमा जम्मा गर्न चौतर्फी माग हुन थालेको छ। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको हो। दिनरात ड्युटीमा खटिने प्रहरीको तलब काटेर निरुत्साहित गर्ने मात्र काम भएको कतिपयको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *