कोरोना भाइरस को आक्रमण आब ब्राजिलमा, २४ घण्टामा एक हजारभन्दा बढीको मृत्यु , २७ लाख संक्रमित

समाचार

ब्राजिलमा कोरोनाबाट २४ घण्टामा एक हजारभन्दा बढीको मृत्यु ,
रियो दि जेनेरियो, १८ साउन – ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या २७ लाख सात हजार ८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो शहर सबैभन्दा बढी प्रभावित शहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति सङ्क्रमित रहेका छन् भने २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित रहेका टन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीका कारण विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक अमेरिका हो भने तेस्रो धेरै सङ्क्रमित रहेको मुलुक भारत हो । यसबाहेक रूस,दक्षिण अफ्रिका,मेक्सिको,पेरू,चिली,स्पेन,इरान,कोलम्बियामा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ । सङ्क्रमणका कारण मृत्यु बढी भएका मुलुकहरूमा मेक्सिको, बेलायत,इटली,फ्रान्स र भारत रहेका छन् ।

यो अर्को समाचार।
काठमाडौँ — बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई जितेर घर फर्किएका छन् । २३ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार गराइरहेका बच्चनले आफू आइतबार डिस्चार्ज भएको सामाजिक सञ्‍जाल मार्फत जानकारी दिएका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि ७७ वर्षीय बच्चनले घरमा एक्लै क्वारेन्टाइनमा बस्‍ने ट्वीट मार्फत जानकारी दिएका छन् । उनले अस्पतालको उत्कृष्ट हेरचाहले नै आफूलाई यो दिन देख्‍न सम्भव भएको पनि बताएका छन् ।

अभिताभका छोरा अभिषेक,बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोभिड-१९ पोजिटिभ देखिएको थियो । ऐश्वर्या र आराध्या निको भएर यसअघि नै घर फर्किसकेका छन् भने अभिषेक अस्पतालमै छन् ।

कोरोना लक्षणहरु देखिएपछि आफू अस्पतालमै रहने अभिषेकले ट्विट गर्दै जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘दुर्भाग्यवस ममा अझै केहि लक्षण अझै देखिएको छ । म अस्पतालमै हुनेछु । तपाईंहरुको लगातार प्रार्थनाको लागि धन्यवाद । म यसलाई जितेर स्वस्थ भएर फर्किने वाचा गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *