आईपिएल क्रिकेट हुने पक्का, मिति ताेकियाे

खेलकुद

नयाँदिल्ली । भारतको चर्चित क्रिकेट लिग आईपिएल हुने पक्का भएको छ । संयुक्त अरब इमिरेट्समा प्रतियोगिता आयोजना गर्न भारत सरकारले अनुमित दिएसँगै प्रतियोगिता युएईमा हुने निश्चित भएको हो ।

इन्डियन प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको यो संस्करण युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । आईपीएलको गभर्निङ बडीले हिजो भारत सरकारबाट अनुमति पाएसँगै अब यसको सम्पूर्ण तयारी युएईमा केन्द्रित हुने भएको छ ।

प्रतियोगितामा सहभागी हरेक टिममा यस पटकदेखि २४ खेलाडी राख्न पाउने नयाँ नियम बनाइएको छ । प्रतियोगिताअन्तर्गत हरेक आइतबार दिनको दुई खेल हुनेछन् भने अन्य दिन एउटा मात्र खेल हुने छ । दर्शकको उपस्थितिबारे भने औपचारिक निर्णय हुन बाँकी छ । यूएई क्रिकेट बोर्डले आइपीएलका बेला ३५ प्रतिशत दर्शक राख्न सरकारसँग प्रस्ताव गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *