सिन्धुपाल्चोकमा पहिरोले घर बगाउँदा पति पत्निको मृत्यु

समाचार

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा एक दम्पत्तीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी पुगेको बताइएको छ । त्यस्तै गएरातीदेखिको भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा ८ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा पुरिनेहरु प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु हुन् ।

आइतबार बिहान मेलम्ची नगरपालिका वडा नम्बर ११ मा बन्दै गरेको कभर्ड हल पहिरोले पुरिँदा ८ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता ८ जनामध्ये ७ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना सिन्धुपाल्चोकको मेलम्ची–११ मा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *