जोखिम बढेपछि पुर्ण लकडाउन गर्ने/ नगर्नेबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गर्न्र। यी कुरा मा ध्यानाकर्षण गरिने।

समाचार

काठमाण्डौ – दिनहुँ कोरोनाका नयाँ संक्रमित थपिएपछि मन्त्रालयले काठमाडौंमा नयाँ रणनीति अपनाउन थालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको जानकारी दिएका छन् । उनले अब बाहिरी जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍ने, जोरबिजोर प्रणालीबाट गाडी चल्न दिने र पिसिआर परीक्षणको दायरालाई पनि बढाउने बताएका छन् । मन्त्रालय अब यहि नयाँ योजना साथ अघि बढ्ने उनले बताएका छन् ।

काठमाडौंमा सानो हेलचेक्र्याइँले कोरोनाको डढेलो लाग्‍न सक्ने भएकाले तत्काल मन्त्रालयको योजना लागू गर्ने तयारीमा रहेको पनि उनले बताएका छन् । हामीले पिसिआर परीक्षण बढाउँदै समुदायस्तरमा पनि स्वाब संकलन गर्नुपर्छ। काठमाडौंमा होम क्‍वारेन्टाइन र स्थानीय क्‍वारेन्टाइनको ग्यारेन्टी गर्न सक्नुपर्छु, उनले भने, ‘यदि त्यसो भएन भने यति सघन जनसंख्या रहेको काठमाडौंमा आगो सल्किने सम्भावना छ।’

उनले काठमाडौंमा कोरोना संक्रमितको संख्या यसरी नै बढ्दै जाने हो भने नियन्त्रण गर्न नसकिने बताएका छन् । सानो शहरमा भन्दा काठमाडौंमा बढी चुनौती रहेकाले सम्बेदनशिल भएको उनको भनाई छ । अहिले देखिएको संक्रमितको दरको अवस्थाको वृद्धिदर अझै बढ्दै गएमा काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन्। ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्‍वारेन्टाइनमा राख्‍ने गरी व्यवस्थापनमा हामीले जोड दिनुपर्ने उनको भनाई छ ।

यसै क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेका छन्। कोरोना भाइरसबाट संक्रमितकाे संख्या बढेसँगै प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन्। छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन्।

यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूरुसँग छलफल गरेका थिए।‘प्रधानमन्त्रीले मंगलबार विज्ञहरूसँगको बैठक आयोजना गर्दै हुनुहुन्छ। समय अहिले तय भइसकेको छैन’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘वीरगञ्ज,काठमाडौं लगायतका ठाउँहरुमा संक्रमण बढिहरेको छ। अब कसरी अघि बढ्ने भनेर छलफल गर्न लाग्नुभएको हो।’

त्यस्तै उपत्यकामा संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर लागु गर्न प्रस्ताव गरेको छ । सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।

तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोर बिजोर,बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *