भगवान शिवको प्रिय वनस्पति बेलपत्रको यस्तो छ महत्व:

समाचार

एजेन्सी-साउन महिनालाई भगवान शिवको महिना मानिन्छ । यो भगवान शिवको पूजा आराधना गरिन्छ । बेलपत्रलाई भगवान शिवको प्रिय वनस्पति मानिन्छ । शिवको पूजा गर्दा बेलपत्र अनिवार्य हुन्छ । त्यतिमात्र नभइ एउटा बेल ९ वटा रोगको उपचारमा उपयोगी हुन्छ । यसको प्रयोग स्वास्थका लागी अमृत समान हुन्छ । पाकेको बेल त स्वादमा पनि मिठो हुन्छ ।बेल खाँदा पेट दुख्ने देखी पित्तको रोग ठिक पार्नमा समेत महत्वपूर्ण भूमिका खेल्छ । बेल सुगरका बिरामीको लागि पनि लाभदायिक हुन्छ ।बालबेललाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ । बाल बेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो ।

अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ । साथै यसको सेबनले बान्ता रोक्न पनि सहयोग गर्छ ।बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ । दाँतको गिजाको रोगमा बेलपत्रको धूलोमा तोरीको तेल तीन चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठिक हुन्छ ।फुस्रो र रुखो छालामा चमक ल्याउन होस वा कपाललाई स्वस्थ र सुन्दर राख्न बेलपत्रले महत्वपूर्ण भूमिका खेल्छ ।बेलको दैनिक उपयोगले छालाको सेतो दागहरु सफा हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *