लेबनानको राजधानी बेरूतमा ठुलो बि स्फोट , सयौं घा इते , शहरमा व्यापक क्ष ति

समाचार

बेरूत – लेबनानको राजधानी बेरूतको बन्दरगाह क्षेत्रमा मंगलबार ठूलो विस्फोटन भएको एनबीसी न्यूजले जनाएको छ। सो विस्फोटनमा सयौं घाइते भए र शहरमा व्यापक क्षति पुगेको छ ।

सामाजिक संजालमा तस्बिर र भिडियोहरूले मध्य पूर्वी देशमा धुवाँ र बिग्रेको भवनहरूको विशाल स्वरुप देखाउँछन्, तर विस्फोटको कारण र सही स्थान तुरून्त स्पष्ट छैन।

लेबनानी रेडक्रसका प्रवक्ताले एनबीसी न्यूजसंग टेलिफोन सम्पर्कमा भने,“चोटपटक सयौंको संख्यामा पक्कै छ।” “म हाल क्षतिको हताहतको विशेष संख्या एकिन गर्न सक्दिन,हामी उद्दारमा खटिएका छौ ।”

लेबनानको जनरल सुरक्षा एजेन्सीका प्रमुख अब्बास इब्राहिमले क्षतिको निरीक्षण गर्दै बेरूत बन्दरगाहको भ्रमण गरे र भने: “अनुसन्धानलाई अगाडि बढाउन सम्भव छैन र त्यहाँ कुनै आतंकवादी घटना भएको कुरा अहिले नै भन्न सकिंदैन।”

सामाजिक संजालमा पोष्ट गरिएका तस्बिरहरू र भिडियोहरू एनबीसी न्यूजको सोशल न्यूजको टोलीले प्रमाणित गरि विस्फोट बेरूत पोर्ट सिलोसको एउटा गोदाममा भएको पुष्टि भएको जनाएको छ ।

लेबनानका राष्ट्रपति मिशेल अउनले ट्वीटरमा भने कि स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचार गर्नेछ र विस्थापित परिवारलाई आश्रय र सहयोग प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *