फ्यानको विश्वासले कडा मेहनत गर्न प्रेरित गर्छ: टाइगर श्राफ।

चलचित्र

मुम्बई – टाइगर श्राफ एक यस्ता अभिनेता हुन्, जसले बलिउडमा छोटो समयमा नै आफ्नो छुट्टै क्रेज बनाएका छन् । पछिल्लो समय रिलिज भएको उनको फिल्म ‘बागी ३’पनि टाइगरकै कारण हिट भएको थियो । उनले फिल्मका लागि निकै मेहनत गरेका थिए ।

टाइगर श्राफले फ्यानका लागि भनेर उत्तिकै मेहनत पनि गर्छन् । उनका लागि आफूलाई पनि फिट राख्ने गर्छन् । उनी कामप्रति पनि उत्तिकै सचेत छन् ।

एक अन्तर्वार्तामा टाइगरलाई सोधियो – फिल्मका लागि फ्यानका कारण लागि कत्तिको दबाब गर्नुहुन्छ ?
यस्तो उत्तर दिँदै उनले भने जब दर्शकले आफूले गरेको काम अझ नजिकबाट नियाल्न थाल्छन् तेसपछि थप सचेत भइन्छ ।

उनले मेहनत गर्नुपर्ने तर चिन्ता गर्नु नहुने समेत बताए । उनले भने,मेरो फ्यानको विश्वासले मलाई कडा मेहनत गर्न सधै प्रेरित गर्छ ।
टाइगर श्राफले अभिनय गरेका दुई फिल्म ‘वार’ र ‘बागी ३’दुवै हिट भए । अब उनलाई हिरोपन्ती २ मा देख्न सकिन्छ । यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *